संविधान संशोधन विधेयक संसदमा दर्ता
संविधान संशोधन सम्बन्धी विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले १४ मंसिर साँझ सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
नेपालको संविधानको धारा २९६ बमोजिम दर्ता भएको विधेयकको प्रस्तावमा कानुनमन्त्री अजय शङ्कर नायकले हस्ताक्षर गरेका छन् । कानूनतः विधेयक परिपक्व हुन पाँच दिन लाग्छ ।