श्रीलङ्कामा विस्फोटमा २५ जनाको मृत्यु, सयौं घाइते
श्रीलङ्कामा इसाई धर्मावलम्बीको इस्टर पर्व मनाउने ठाउँमा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा दुई सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार तीनवटा गिर्जाघर र एउटा होटलमा विस्फोट भएको छ ।
कोच्चिकाडे, कटुवापिटीया र बत्तीकालोवाका गिर्जाघरमा विस्फोट भएको थियो । साँग्रीला, सिन्नामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विस्फोट भएको बीबीसीले जनाएको छ ।
कम्तीमा ८० जनालाई राजधानी कोलम्बोका अस्पत्तालमा भर्ना गरिएको समाचारसंस्था एएफपीले जनाएको छ तर बीबीसीले भने दुईसय जनाभन्दा बढी घाईते भएको जनाएको छ ।
इसाईधर्मावलम्बीहरु अप्रिल महीनामा पूर्णिमापछिको पहिलो आइतबारको दिन इस्टर पर्वमा मनाउँछन्।
घटनाको थप विवरण आउन बाँकी छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै आफू कोलम्बोमा रहेको भारतीय उच्चआयुक्तसँग लगातार सम्पर्कमा रहेको र स्थिति बारे जानकारी लिइरहेको बताएकी छन् ।