सन्दीपको तीन विकेटको प्रेरणाले दिल्ली विजयी
सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबसँगको स्पर्धा ५ विकेटले जितेको छ ।
जीतमा कप्तान श्रेयश ऐयरले अविजित ५८ रन बनाए भने शिखर धवनले ५६ रन बनाए ।
यसअघि पञ्जाबले ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिश गेलले ६९ रनको योगदान दिएका थिए ।
दिल्लीका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन , कगिसो राबडा र अक्षर पटेलले दुई, दुई विकेट लिएका थिए ।
पञ्जाबका लागि जीसी भिगोइनले दुई र मोहम्मद सामीले एक विकेट लिए ।
जीतसँगै दिल्ली अंकतालिकामा १० खेलमा ६ जीतसहित तेस्रो स्थानमा उक्लिएको छ । तालिकामा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स क्रमशः पहिलो र दोस्रोमा छन् ।
पञ्जाबसँगको खेलमा सन्दीपले शानदार पुनरागमन गरेको छन् ।
जीतमा नेपालका सन्दीप लामिछाने अहम रहे । उनले ३७ बलमा ६९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर गेलको विकेट पनि लिए ।
त्यसो त अर्का ओपर केएल राहुललाई पनि उनैले ११ रनको व्यक्तिगत स्कोर छँदा विकेट किपरबाट क्याच 'स्टम्पिङ' गराएका थिए ।
सन्दीपले अर्को विकेट अलराउण्डर साम कुरानको लिए । सन्दीपले चार ओभरमा ४० रन दिए ।
यसअघि पनि पञ्जाबविरुद्धको खेलमा सन्दीपले साम कुरान र सर्फराज खानको विकेट लिएका थिए ।