किंग्स इलेभेन पञ्जाबविरुद्ध सन्दीपको पुनरागमन
इन्डियन प्रिमियर लिग (आइपीएल)को किंग्स इलेभेन पञ्जाबसँगको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुनरागमन गरेका छन् ।
भर्खरै सार्वजनिक टोलीको नामावलीमा सन्दीपसँगै अर्का स्पिनर अमित मिश्रा पनि टोलीमा छन् ।
आफ्ना यसअघिका चार खेलमा सन्दीप कुनै पनि खेलमा विकेटविहीन भएनन् । सन्दीपले कोलकाता नाइट राइर्डसविरुद्धको खेलमा एक, किंग्स इलेभेन पञ्जाबसँगको खेलमा दुई, सनराइजर्स हैदराबादसँगको खेलमा एक विकेट लिएका थिए ।
रोयल च्यालेञ्जर्सविरुद्धको खेलमा चार ओभरमा ४६ रन दिएर एक विकेट लिएर महँगो सावित भएपछि भने उनी टिममा मौका दिइएको थिएन ।
सन्दीपविनाका अघिल्ला तीन खेलमा दिल्लीले दुई खेलमा जीत र एकमा हार व्यहोरेको थियो ।
दिल्लीले अहिलेसम्मको नौ खेलमा पाँचमा जीत र चारमा हार बेहोरेको छ ।