भारतका मुख्य न्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप
भारतका मुख्य न्यायाधीश रंजन गोगोईमाथि यौन उत्पीडनको आरोप लगाइएको छ ।
गोगोईकी जुनियर असिस्टेन्टले उनीमाथि उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् ।
तर, मुख्य न्यायाधीश गोगोईले एक तीन सदस्यीय बेन्चको आकस्मिक बैठक बोलाएर आफूमाथि लगाइएको आरोप गलत भएको बताएका छन् ।
महिलाले सुप्रिम कोर्टका २२ जना न्यायाधीशलाई पत्र लेखेर आफ्नो आरोपबारेमा जाँच गर्न विशेष कमिटी गठन गर्न माग गरेकी छन् ।
उनले यसको विशेष तरीकाले जाँच गर्न रिटायर्ड न्यायाधीश सम्मिलित एक जाँच कमिटीको गठन हुनुपर्ने माग गरेकी छन् । –एजेन्सी