समाचारशुक्रबार, ६ बैशाख , २०७६

प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चमा न्यायाधीश नियुक्त

रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् ।

शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिशमा सर्वोच्च अदालतका न्यायाधीशमा उनले पाँचजनालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

प्रतिकृया दिनुहोस