समाचारशुक्रबार, ६ बैशाख , २०७६

एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियनको पाँचौं सम्मेलन काठमाडौंमा हुने

रासस

एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौं सम्मेलन काठमाडौंमा हुने भएको छ ।

एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौं एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेस’ शीर्षकको सो कार्यक्रम विसं २०७२ को महाभूकम्प गएको दिनको सन्दर्भमा हुन लागेकाे हाे ।

साे कार्यक्रम आगामी वैशाख १२ र १३ गते दरबारमार्गस्थित र‍्याडिसन होटलमा आयोजना हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सो सम्मेलन इण्डोनेशिया, थाइल्याण्ड, बंगलादेश र फिजी लगायत मुलुकमा आयोजना गरिएको थियो ।

सो कार्यक्रममा करीब ८० जना विदेशी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत नेपाल सरकारका सम्बन्धित निकाय र सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिसहित करीब २०० जनाको सहभागिता रहनेछ ।

कार्यक्रममा जलवायु परिवर्तन, प्रकोप तयारीमा सञ्चारको भूमिका लगायत १४ सत्र सञ्चालन गरिने छ ।

प्रतिकृया दिनुहोस