नचाहेको पार्टीलाई भोट हाल्नेले आफ्नो औंला काटे
भारतमा लोक सभाको चुनाव भइरहेको छ । निर्वाचनका बेला अनेक र अनौठा समाचारहरू आएका छन् ।
त्यसमध्ये अहिले एकजना मतदाताले झुक्किएर अर्कै पार्टीलाई मतदान गर्न पुग्दा पश्चात्ताप गर्दै आफ्नो चोर औंला नै काटिदिएका छन् । यो समाचार सामाजिक सञ्जालहरूमा पनि भाइरल भइरहेको छ ।
हिन्दूस्तान टाइम्सका अनुसार २२ वर्षीय युवक पवन कुमार नाम भएका ती युवकले क्षेत्रीय पार्टीमा म
त हाल्न चाहन्थे । तर, झुक्किएर उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टीलाई मत दिएका थिए।
उनी पहिलोपटक मतदानमा सहभागी भएका थिए । मतदानका लागि उनी अत्यन्त उत्साहित थिए । उनले आफूले क्षेत्रीय पार्टीलाई मतदान गर्न चाहेको तर, चुनाव चिन्हहरू धेरै देखेपछि अलमलिएकोले अर्कै पार्टीमा मत गएकाे उनले बताएका छन् ।
उत्तर प्रदेशको शिकारपुर क्षेत्रमा पवनकुमारले मतदान गरेका थिए । मतदानको बेला मतदातालाई चोर औंलामा सजिलै नमेटिने गरी रङ लगाइदिने गरिन्छ । पवन कुमार बहुजन समाजवादी पार्टीसँग आबद्ध रहेको बताइन्छ ।
हात्ती चुनाव चिन्ह रहेको सो पार्टीमा मत दिन चाहेका पवन कुमारले कमलको फूलमा मतदान गरेका थिए ।