न्यौपाने र बोहरालाई राष्ट्रिय पत्रकारिता पुरस्कार
प्रेस काउन्सिल नेपालले राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई दिने भएको छ । पुरस्कार छनौट समितिले १४ मंसिरमा यस वर्षको प्रेस काउन्सिल सानिमा ब्याङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार संयुक्त रुपमा न्यौपाने र बोहरालाई प्रदान गर्ने निर्णय गरेको हो ।
पाँच लाख रुपैयाँ राशिको उक्त पुरस्कार विशेष समारोह आयोजना गरेर प्रदान गरिने काउन्सिलले जनाएको छ ।
कारोबार दैनिका पूर्व सम्पादक तथा नेपाल आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष न्यौपानेको गएको २० कार्तिकमा र महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपाल दैनिकका सम्पादक तथा प्रकाशक बोहराको १० मंसिरमा निधन भएको थियो ।