थप समाचारबिहिबार, ५ बैशाख , २०७६

अमेरिकासँगको वार्तामा विदेशमन्त्री पोम्पेओ अस्वीकार्यः उत्तर कोरिया

हिमालखबर

 उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई वार्ताबाट हटाउनुपर्ने बताएको छ ।  

किम जोङ उन र पोम्पेओ । तस्वीर स्रोतः गेट्टी इमेजेज

अमेरिका–उत्तरकोरिया परमाणु वार्तामा पोम्पेओले ‘वाहियात कुरा’ गरेको र उनी ‘लापरवाह’ भएको उत्तर कोरियाको आरोप छ ।

उत्तर कोरियाका विदेशमन्त्रालयका उच्च अधिकारी क्वान जोङ–गनले अबको वार्तामा उनको स्थानमा ‘बढी होशियार’ व्यक्ति राख्न आग्रह पनि गरेको छ ।

उत्तर कोरियाको यो भनाइ उसको ‘नयाँ रणनीतिक महत्वको परमाणु परीक्षण’को दाबी लगत्तै सार्वजनिक भएको हो ।  

यो परीक्षण यी दुई देशबीच गत फेब्रुअरीमा हनोइमा भएको शिखर वार्तापछिको पहिलो हो, जुन निष्कर्षविहीन टुंगिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच असम्भव ठानिएको वार्ता सम्भव गराउन गतवर्ष पोम्पेओले चारपटकसम्म उत्तरकोरियाको भ्रमण गरेका थिए ।

गतसाता मात्र अमेरिकी सिनेटको उपसमितिमा किमलाई ‘तानाशाह’ भनेको स्वीकार गरेका थिए । त्यसपछि उत्तर कोरिया आक्रोशित भएको बताइएको छ । –एजेन्सी

प्रतिकृया दिनुहोस