थप समाचारबिहिबार, ५ बैशाख , २०७६

ग्रेट हिमालय ट्रेलको फोटो पुस्तक

हिमालखबर

सरकार नेपाल भ्रमण वर्ष २०२० को तयारीमा छ । भ्रमण वर्षलाई लक्षित गर्दै पूर्वको कञ्चनजंघा हिमालदेखि पश्चिमको दार्चुला सम्मलाई समेटेर 'ग्रेट हिमालय ट्रेल' फोटो पुस्तक सार्वजनिक भएको छ ।

कञ्चनजंघा–दार्चुलालाई विश्वकै सबैभन्दा लामो पदमार्ग मानिन्छ ।

पदमार्गलाई दश खण्डमा विभाजित गरेर हिमालयन म्याप हाउसले पुस्तक प्रकाशन गरेको हो ।

कञ्चनजंघा, मकालु, सोलुखुम्बु र एभरेष्ट, रोल्वालिङ, लाङटाङ, मनास्लु र गणेश, अन्नपूर्ण, नार र फु, मुस्ताङ, डोल्पो, मुगु र हुम्ला र सुदूरपश्चिम खण्ड गरेर पुस्तक प्रकाशन गरिएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले नेपाल चिन्न र साहसिक यात्रा गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने बताएका छन् ।

हिमालय म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले पुस्तक १० वर्षपछि दोस्रो संस्करणमा प्रकाशन गरेको जानकारी गराए ।

पुस्तकले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

पुस्तकमा प्रकाशन भएका अधिकांश तस्वीरहरू रोबिनले खिचेका छन् भने केही तस्वीर अन्य फोटोग्राफरका पनि समावेश गरिएको छ ।

पुस्तकमा समावेश भएका केही तस्वीरहरुः

 

प्रतिकृया दिनुहोस