संसदीय सुनुवाइ समितिबाट पाँचै न्यायाधीशको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ५ जनाकै नाम अनुमोदन गरेको छ ।
बिहीबार सिफारिस भएका पाँचैजनाको सुनुवाइपछि समितिले सर्वसम्मत रूपमा नाम अनुमोदन गरेको हो ।
न्यायपरिषद्ले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।
सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।