७ वैशाखमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम हुँदै
यूराशिया रेयूकाई नेपालले ७ वैशाख अर्थात् आगामी शनिबार ‘दोस्रो राष्ट्रव्यापी रक्तदान कार्यक्रम’को आयोजना गर्ने भएको छ ।
रक्तदान कार्यक्रम एकै समयमा देशका विभिन्न १६ स्थानमा आयोजना हुने रेयूकाईले जनाएको छ ।
कार्यक्रम उपत्यकाभित्र ललितपुरको जावलाखेल, काठमाडौंकाे बसुन्धारामा रहेकाे ग्रिन सिटी हस्पिटल, भक्तपुरको कौशलटार र टौमढीमा हुनेछ ।
त्यस्तै, उपत्यका बाहिर बिर्तामोड, भद्रपुर, धरान, ढल्केवर, बनेपा, नारायणगढ, ब्रदघाट, भैरहवा, टीकापुर, धनगढी र नेपालगञ्जकाे दुई स्थानमा हुने यूराशिया रेयूकाईले जानकारी दिएको छ ।
यसअघि गत साउनमा आयोजना गरिएको ‘पहिलो राष्ट्रव्यापी रक्तदान कार्यक्रम’मा ४६८ पिन्ट रगत संकलन गरिएको थियो ।