भारतीय निर्वाचनमा माओवादीद्वारा निर्वाचन अधिकारीको हत्या
भारतको पूर्वीराज्य ओडिसामा एक महिला निर्वाचन अधिकारीको हत्या भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीलाई सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन् ।
संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ ।
ओडिशाको कन्धमालमा बिहीबार सबेरै दिगलको गाडीमा माओवादीहरूले विस्फोटक पदार्थ राखिदिएको बताइएको छ । तर, उनी विस्फोटनबाट जोगिइन् । पछि उनलाई गोली हानियो ।
उनीसँगै यात्रा गरिरहेका अन्य अधिकारीहरू भाग्न सफल भएका थिए ।
विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा बिहीबार दोस्रो चरणमा मतदान भइरहेको छ । दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिने छन् ।
दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पंडुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।
–एजेन्सी