प्रेस स्वतन्त्रतामा नेपाल भुटान र माल्दिभ्सभन्दा असुरक्षित
प्रेस स्वतन्त्रताका हिसाबमा नेपाल भुटान र माल्दिभ्सभन्दा असुरक्षित देखिएको छ ।
नेपालमा भन्दा भुटान र माल्दिभ्स्मा पत्रकारिताका लागि बढी अनुकूल पाइएको छ ।रिपोर्टस् विद्आउट बोर्डस्ले बिहीबार जारी गरेको विश्व प्रेस स्वतन्त्रता सूचीले यस्तो अवस्था सार्वजनिक गरेको हो । सूचीमा नेपाल १०६औं स्थानमा छ भने भुटान ८०औं र माल्दिभ्स् ९८ औं स्थानमा ।
१८० देशको यो सूचीमा सबैभन्दा अग्रस्थानमा नर्वे रहेको छ । नर्वेपछि क्रमशः फिनल्याण्ड र स्वीडेन छन् ।
पत्रकारिताका लागि दक्षिण एशियामा सबैभन्दा असुरक्षित देश बाङ्लादेश बनेको छ । यो मुलुक सूचीमा १५०औं स्थानमा छ ।
बाङ्लादेशपछि पाकिस्तान १४२औं स्थानमा रहँदैं पत्रकारका लागि दोस्रो जोखिमपूर्ण मुलुक बनेको छ ।
पाकिस्तानपछि भारत सूचीमा १४०औं स्थानमा छ ।
सूचीमा श्रीलंका १२६ औं स्थानमा छ ।
अर्को छिमेकी चीन सूचीमा १७७औं स्थानमा छ ।
सूचीका आधारमा अमेरिकामा प्रेस स्वतन्त्रता खस्किएको छ । सन् २०१७ मा सूचीमा ४३ औं स्थानमा रहेको अमेरिका डोनल्ड ट्रम्प शासनपछि ४८औं स्थानमा पुगेको छ ।
बेलायत सूचीमा ३३ औं स्थानमा छ ।
मध्यएशियाली मुलुक तुर्कमेनिस्तान पत्रकारिताका लागि विश्वमै सबैभन्दा खराब अवस्था भएको मुलुक मानिएको छ । यो मुलुक सूचीमा सबैभन्दा पुछारमा छ । तुर्कमेनिस्तानपछि उत्तर कोरिया १७९ औं स्थानमा छ ।