तालिबानले बमले ध्वस्त पारेका बुद्ध मूर्ति फेरि बनाउन थालियो
अफगानिस्तानमा तालिबान शासकले बमले ध्वस्त बनाइएका बुद्धका मूर्ति फेरि बनाउन थालिएको छ ।
स्थानीय र विदेशी विज्ञहरूको समूहले तालिबानहरुले बम पड्काएर सात हजार टुक्रा पारेका बुद्धका मूर्ति जोड्न शुरु गरेको हो ।
काबुलस्थित राष्ट्रिय संग्रहालयले बुद्धमूर्तिका भग्नावशेषलाई जोडेर प्राचीन बुद्धमूर्तिका पुरानै स्वरूपमा फर्काउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।
कसरी ध्वस्त पारिए मूर्ति
प्राचीन समयमा रेशममार्गमा पर्ने अफगानिस्तानमा बुद्धधर्म फैलिएको थियो ।
तालिबानले सन् १९९६ मा अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अतिवादी इस्लामिक कानुन लागू भयो । त्यही बेला प्राचीन कालमा बनाइएका धार्मिक र ऐतिहासिक सम्पदा नष्ट गरेको थियो ।
पुराना सम्पदा नष्ट गरेपछि तालिबानकै शासनकालमा अफगानिस्तानमा इस्लाम धर्म अपनाइएको थियाे ।
पहिले अफगानिस्तानको सम्पन्न इतिहासका परिचायक रहेका ती मूर्तिहरू अहिले अतिवादी तालिवान शासन सम्झाउने चिन्ह भएका छन् ।
त्यसरी नष्ट गरिएका सम्पदामध्ये बामियानस्थित विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्ति पनि थियो ।
काबुल संग्रहालयका नजिबुल्लाह आसादीले त्यसबेलाको कुरा सम्झदै ती मूर्तिहरू ध्वस्तको सुन्दा आफ्नो चित्त दुखेको बताए । “मलाई आफूलाई नै टुक्राटुक्रा पारिदिएको जस्तो लाग्यो”, उनले भने, “यी पुरातात्विक सम्पदा हाम्रा मात्र हैनन्, यी त विश्वका सम्पत्ति हुन् ।”
ती भत्किएका मूर्ति हेर्दा यदि तालिबानहरू फेरि सत्तामा फर्किए भने अफगान सांस्कृतिक सम्पदा के होला भनेर मानिसहरूले चासो व्यक्त गर्ने गरेका छन् ।