नेपालको लगातार तेस्रो हार
एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपाल बंगलादेशसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल पाकिस्तान र श्रीलंकासँग पराजित भएको थियो ।
थाईल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा १४ मंसिरमा ९२ रनले पराजित भएको हो ।
टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले चार विकेटको क्षतिमा १३३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले १७ दशमलव ३ ओभरमा अलआउट हुँदा ४१ रन मात्रै जोड्न सक्यो ।
टीम नेपालका सीता राना मगरले सर्वाधिक १५ रन जोडिन् । संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले एक÷एक विकेट लिए ।
अंक तालिकाको पुछारमा रहेको नेपालले १६ मंसिरमा थाईल्याण्डको सामना गर्नेछ । दुई खेल खेलेको थाईल्याण्ड पनि अंक विहिन छ ।