शैक्षिक सामग्री हस्तान्तरण
सोसियल सस्टेनेबल यूथ फाउण्डेसनले संकलन गरेको रकमबाट काठमाडौंको गौशालामा रहेको ‘ज्येष्ठ नागरिक तथा बालबालिका सहयोग मञ्च नेपाल’मा रहेका १० अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष विनोद जोशीले उक्त सहयोगले बालबालिकाको शिक्षामा सहयोग पुग्ने विश्वास रहेको बताएका छन् साथै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यका साथ फाउण्डेसनले काम गरिरहेको जनाइएको छ ।