नयाँ वाग्नर बजारमा
सुजुकी गाडीको नेपालका लागि अधिकृत बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले नयाँ वाग्नर भित्र्याएको छ । नयाँ वाग्नआर १ हजार र १२ सय सिसी गरी दुई मोडलमा उपलब्ध छ ।
१ हजार सिसी क्षमताको कारको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो ह्याचब्याक कारले २२.५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
१२ सय सिसीको कार भने दुईवटा भेरिएन्टमा छ । भिएक्सआई भेरिएन्टको २६ लाख ९९ हजार र जेडएक्सआई भेरिएन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २१.५ किलोमिटर प्रतिलिटर माइलेज दिने जनाइएको छ ।
नयाँ वाग्नरको बडीमा ४० प्रतिशत उच्च क्षमताको स्टिल प्रयोग गरिएको छ, जसले गर्दा आवाज र भाइब्रेसन कम हुने कम्पनीले जनाएको छ ।
यसमा एलईडी हेडल्याम्प, स्मार्ट प्ले इन्फोटेनमेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, इबिडीका साथ एन्टी लकिङ ब्रेकिङ सिस्टम, इन्टिग्रेटेड रिभर्स पार्किङ सेन्सर, स्टेरिङ माउन्टेड कन्ट्रोल र नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता विशेषता छन् ।
यसमा सिट बेल्ट बाँध्न बिर्सिए सम्झाउने र तीव्र गति गुडेको खण्डमा सचेत गराउने सिस्टम पनि छ । डुअल एअरब्याग सहितको कार माग्मा ग्रे, अटोमन ओरेन्ज, सिल्की सिल्भर, नटमेग ब्राउन, सुपेरियर ह्वाइट र पुलसाइड ब्लू रंगमा उपलब्ध छ ।