भारतका १२ राज्यमा दोस्रो चरणको मतदान
भारतका १२ राज्य र केन्द्र शासित एक प्रदेशमा आज लोकसभाको निर्वाचन भइरहेको छ ।
लोकसभाको निर्वाचन अन्तर्गत दोश्रो चरणमा ९५ सिटका लागि मतदान शुरु भएको हाे ।
आज उत्तरप्रदेश, पश्चिम बंगाल, बिहार, महाराष्ट्र, तमिलनाडु, असाम, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, मणिपुर, उडिसा, त्रिपुरा लगायतका लोकसभासिटीमा मतदान शुरु भएको छ ।
यसअघि ११ अप्रिलमा भएकाे पहिलाे चरणकाे निर्वाचनमा ९१ सिटका लागि मतदान सम्पन्न भइसकेको छ ।
विभिन्न चरणमा गरी पाँचसय ४३ लोकसभा सिटमा मतदान सम्पन्न भएपछि २३ मे देखि मतगणना शुरु हुनेछ ।
भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ ।
लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।
सन् २०१४ को चुनावमा भारतीय जनता पार्टी (बिजेपी) ले २८२ र कांग्रेसले ४४ सिट जितेको थियो ।
बिजेपीका तर्फबाट नरेन्द्रमाेदी प्रधानमन्त्री छन् ।