पर्यटन नै आर्थिक समृद्धिको आधारः राज्यमन्त्री बुढा
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताएका छन् ।
डोल्पाकोे शहरतारमा आयोजित समारोहमा बोल्दै बुढाले थोरै लगानीमा धेरै आम्दानी गर्ने क्षेत्र पर्यटन भएको बताएका हुन् ।
उनले डोल्पा भौगोलिक रुपले विकट भए पनि प्राकृतिक सुन्दरता, साँस्कृतिक सम्पदा र जैविक विविधताले धनी रहेको बताए ।
उनले डोल्पाको मात्र नभएर मुलुककै प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर स्थानीय जनताका साथै राज्यले पनि लाभ लिनुपर्ने बताएका छन् । उनले भने “त्यसको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।”
बुढाले डोल्पामा पर्यटक भित्र्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि बताए ।