म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा
स्पेनिस क्लब बार्सिलोना इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको क्वार्टरफाईनलमा बार्साले म्यान युनाईटेडलाई ३–० गोल अन्तरले हरायो ।
पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो । समग्रमा ४–० को नतिजा सहित बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाेले एक गोल गरे ।
१६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका मेस्सीले २० औ मिनेटमा बार्साको अग्रता दोब्बर पारे ।
काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको थिए ।
बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।