सात दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई ठूला करदाताको पत्र
ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुपैयाँ सात दिनभित्र तिर्न एनसेललाई पत्र पठाएको छ ।
आज कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ६२ अर्ब ६३ करोड निर्धारण गरेको हो ।
गत साता सर्वोच्चले फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई निर्देशन दिएको थियो ।
फैसलाको पूर्ण पाठ नआउन्जेल एनसेलले तिर्नुपर्ने कर निर्धारण हुन सकेकाे थिएन।
ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्माका अनुसार एनसेलले सात दिनभित्र यसअघि बुझाएको २३ अर्ब ५७ करोड रकम घटाएर ३९ अर्ब छ करोड तिर्नुपर्ने छ ।