मुक्तिनाथ विकास ब्याङ्कको तीन योजना
मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडले १ वैशाखदेखि लागू हुनेगरी तीन नयाँ योजना ल्याएको छ ।
जसअन्तर्गत ब्याङ्कले भिजा डेबिट कार्ड र मोबाइल ब्याङ्किङ सेवामा सुविधा थप गरेको छ ।
ग्राहकले भिजा डेबिट कार्डको लागि निवेदन बुझाएको दिनमै कार्ड पाउनेछन् । त्यस्तै अतिरिक्त शुल्क विनै रकम झिक्न सकिने ब्याङ्कले जनाएको छ । साथै, मुक्तिनाथ स्मार्ट ब्याकिङ् एपबाट नेपाल टेलिकमको नम्बर रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत बोनस दिइने पनि जनाइएको छ ।
ब्याङ्कले ११४ शाखा तथा २२ वटा एटीएम मार्फत करीब छ लाख ग्राहकलाई ब्याङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ ।