विश्वकपका लागि भारतीय टोली छनोट, रायडू र पन्त परेनन्
आगामी महीना इंग्ल्यान्डमा हुने क्रिकेट वर्ल्डकपका लागि टिम इन्डियाले टिम छनोट गरेको छ ।
बीसीसीआईले सोमबार १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको हो।
विराट कोहलीलाई टिमको कप्तान र उपकप्तान रोहित शर्मालाई बनाइएको छ।
टिममा परेका वर्ल्डकप खेल्ने भारतीय खेलाडीमा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, महेन्द्रसिंह धोनी (विकेट किपर), कुलदीप यादव, दिनेश कार्तिक, युजवेन्द्र चहल, रवीन्द्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार जाधव, हार्दिक पंड्या, जसप्रीत बुमराह र भुवनेश्वर कुमार रहेका छन् ।
अंबाती रायडू र ऋषभ पन्तलाई पनि टिममा सहभागी गराउने हल्ला चले पनि उनीहरूले वर्ल्डकपमा सहभागिता जनाउन पाएनन्।
वर्ल्डकपका लागि घोषणा गरिएको यो टिमको चयन अस्थायी भएको बताइएको छ ।
बीसीसीआईले २३ मे सम्म यो टिममा हेरफेर गर्न सक्ने बताइन्छ।
टुर्नामेन्टको शुरुआत मे को अन्त्यतिर हुनेछ । पहिलो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच लण्डनको ओवलमा हुनेछ । भारतको पहिलो खेल भने दक्षिण अफ्रिकासँग ५ जूनमा हुनेछ ।