समाचारसोमबार, २ बैशाख , २०७६

२० वर्षीय युवकले गरे आत्महत्या

कमल रिमाल

गएराति भरुवा बन्दुकले पेटमा गोली हानेर एक युवकले आत्महत्या गरेका छन् ।

सोलुखुम्बुको दूधकोशी गाउँपलिका ४ डाँडागाउँमा २० वर्षीय सुमन राईले घरमा कोही पनि नभएको बेला कोठाभित्र लुकेर भरुवा बन्दुक आफ्नो पेटमा पट्काएका थिए ।

नाइटोमुनिको भागमा गोली लागेर घाइते भएका राईलाई जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा राति १ः३० मा मृत्यु भएको प्रहरीले बताएको छ । राईकै घरमा रहेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै आइतबार विराटनगर १६ दरहियाबाट प्रहरीले एउटा पेस्तोल र दुई थान गोली बरामद गरेको छ । बाँसकाे झ्याङमा शंकास्पद बट्टा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बट्टाभित्र कालो प्लास्टिकले बेरेर राखिएको मेड इन युएसए लेखिएको पेस्तोल, म्याग्जिन र गोली फेला परेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस