समाचारआइतबार, १ बैशाख , २०७६

काठमाडौं महानगरमा ६७ करोड खर्च हुन सकेन

रासस

विभिन्न विकास आयोजनाका लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेपछि काठमाडौं महानगरपालिकाले रु ६७ करोड १० लाख रकमान्तर गरेको छ ।  

चालू आर्थिक वर्षका लागि छुट्याएको बजेट खर्च गर्न नसकेपछि २४ चैतमा बसेको चौंथो नगर सभाले उक्त रकम अन्य शिर्षककमा रकमान्तर गरेको छ ।

खर्च गर्न नसकेको रकममध्ये दमकल खरीदमा १३ करोड, ब्रुमर खरीदमा रु १० करोड, विद्युतिय तथ्यांक संकलन गर्न रु ८७ लाख र हनुमानढोका संरक्षणका लागि रु ३९ लाख रकमान्तर गरिएको छ ।

यसबाहेक संसद् कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी, प्रदेश सरकारको सशर्त अनुदान, जग्गा विकास कार्यक्रम र वडा व्यवस्थित कार्यक्रममा पनि रकम थप गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । 

महानगरले शहरी योजना आयोगलाई व्यवस्थित गर्न शहरी योजना आयोग गठन गरेको उनले जानकारी दिए । 

“विगतका अपूरो कानून र नियमलाई अहिले हामीले समेटेका छौं, यसले महानगरको चौतर्फी क्षेत्रलाई व्यवस्थित बनाउनेछ”, प्रवक्ता डङ्गोलले भने ।

शहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुविधाजनक बनाउन सवारी तथा यातायात व्यवस्थापन ऐन पारित गरेको छ ।

प्रतिकृया दिनुहोस