सर्लाहीको लालबन्दीमा बस दुर्घटना, ३ जनाको मृत्यु
सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट सुनसरी जाँदै गरेको बस बा ३ ख १३१८ को बस लालबन्दी – १ को बागवानी जंगमा दुर्घटना हुँदा अन्य ३१ जना घाइते भएका छन् ।
मृत्यू हुनेहरुमा मोरङको दुहबीका अनिल उरउ (२३), सुनसरीका श्रीकान्त चौधरी (४०) र बबी उरउ रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका किरण प्रसाद न्यौपानेले जानकारी दिए।
सिन्धुपाल्चोकको मुनलाइट हाईड्रोमा काम गर्ने मजदुरहरुले रीजर्व गरेर छुट्टीमा घर जान लागेको बस दुर्घटना भएको उनले बताए । उनीहरु सबै दोलखा निर्मााण सेवाका कामदार हुन् ।
घाइतेमध्ये ५ जनालाई बिराटनगर पठाइएको र बाँकीको सुनसरी र मोरङ्गका विभिन्न स्थानीय अस्पत्तालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
बसका सह–चालक घाइते भएको र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।