जब देश बचाउनुस् भन्दै पाेपले चुमे नेताका पाउ
इसाईहरूका सबभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले सूडानमा शान्ति स्थापनाको लागि अनुरोध गर्दै नेताका पाउ चुमेका छन् ।
अफ्रिकी देश दक्षिणी सूडानको राजनीतिक स्थिति दिन प्रतिदिन बिग्रदै गएपछि पोपले देशका राष्ट्रपति र विपक्षी नेताको पाउ छोएका हुन् ।
त्यसबेला दक्षिण सूडानका उपराष्ट्रपति रबेका न्यानदेंगका आँखाबाट आसु निस्किएको बताइएको छ । यस व्यवहारले उनलाई भित्रसम्म हल्लाइदिएको र तुरुन्त आँसु खसेको प्रतिक्रिया दिएकाे बताइन्छ ।
पोपले यसरी आम व्यक्तिको पाउ छुनु अनौठो घटनाको रुपमा लिइएको छ । पाेपले देखाएकाे गान्धीवादी चरित्रले सबेलाइ चकित पारेकाे छ ।
आपसी शत्रुता भुलेर शान्तिकाे बाटाेमा आउन र पोपले दुवै नेतालाई यो कठिन अवस्थामा एक शान्ति सम्झौतामाथि सहमति गरी देश बचाउन अनुरोध गरे ।
पोपले यो भन्दा पहिले यस्ता प्रतिक्रिया जनाएका थिएनन् । उनी प्रायः धार्मिक क्रियाकलापका बेला कैदीहरूका पाउ धुने गर्थे । तर, उनको यस्तो व्यवहारले विश्वलाई नै चकित पारेको छ ।
राष्ट्रपति सलवा कीर तथा विपक्षी दलका प्रमुख रीक मचरलाई एक ठाउँमा ल्याउन एक आध्यात्मिक समारोहको आयोजना गरिएको थियो । उनीहरूका अलावा त्यहाँ तीन उपराष्ट्रपति पति पनि समारोहमा थिए । पोपले ती सबैका पाउ चुमेका थिए ।
यस अघि सूडानी सेनाले राष्ट्रपति उमर अल बशीरलाई गिरफ्तार गरी सैन्य शासन लगाएको घोषणा गरेको थियो । घोषणामा सेनाले देशमा संकटकालको घोषणा गरी कफ्र्यु आदेश जारी गरेको थियो ।
रक्षामन्त्री तथा सेना प्रमुख अवाद इब्न औफले दुई वर्ष देशमा सैनिक शासन लगाइने बताएका थिए । त्यसपछि मात्र चुनाव गराई सत्ता हस्तान्तरण गरिने बताएका थिए । उनले आफ्नो उत्तराधिकारी पनि घोषणा गरिसकेका थिए ।
तर, सेनाको यो गतिधिलाई जनताले मान्यता दिएनन् । कफ्र्युको अवज्ञा गरे । सडकमा ओर्लिए । सेना प्रमुख औफ राजीनामा दिन बाध्य भए।
सूडानमा अहिलेसम्म सरकार र आन्दोलनकारीबीचको द्वन्द्वमा २ लाखभन्दा बढीको ज्यान गइसकेको बताइन्छ । यो स्थितिबाट देशलाई बचाउन धर्मगुरु अगाडि बढेको बताइन्छ । पोपले राष्ट्रपति साल्वा किर र उनका विरोधी पूर्व बागी नेता रीक मचारसँग भने– पुरानो कुरालाई बिर्सेर अगाडि बढ्नुहोस् । —एजेन्सी