बर्दिवासमा ग्लोबल आईएमई ब्याङ्कको शाखा
ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका–१ मा शाखा विस्तार गरेको छ । योसँगै ग्लोबल आईएमईको शाखा संख्या १३६ पुगेको छ ।
नयाँ शाखाबाट सम्पूर्ण ब्याङ्किङ सुविधाका साथै साना व्यवसाय कर्जा र कृषि कर्जामा विशेष ध्यान दिइने ब्याङ्कले जनाएको छ ।
ब्याङ्कले १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटीएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित इकाईबाट सेवा प्रवाह गरिरहेको छ ।
त्यसका साथै अष्ट्रेलिया, बेलायत र भारतमा रहेका तीन सम्पर्क कार्यालय मार्फत ग्राहकलाई सेवा दिइरहेको छ । ब्याङ्कका १० लाख बढी ग्राहक रहेको जनाइएको छ ।