भारत : पहिलोचरणको निर्वाचन सकियो
भारतमा बिहीबार भएको पहिलो चरणको लोकसभा चुनावमा केही स्थानमा हिंसाका घटना र केही स्थानमा ईभीएम मेसिनमा गडबडी भएका गुनासा आएका छन् ।
आन्ध्र प्रदेशमा झडप र महाराष्ट्रमा ब्लास्टमा दुईजनाको मृत्यु भयो भने कयौं स्थानमा भोटरहरूले लिस्टमा आफ्नो नाम नभएको बताए ।
सात चरणको लोकसभा चुनावको पहिलो चरणमा बिहीबार ९१ सीटमा मतदान भयो ।
आन्ध्र प्रदेश, महाराष्ट्र तथा छत्तीसगढमा केही स्थानमा हिंसाका घटना भए । चन्द्रबाबु नायडू, अरबिन्द केजरीवाल, महबुबा मुफ्ती जस्ता केही नेताले निर्वाचनका बेला प्रशासनिक त्रुटि भएको बताएका छन् ।
पाँच बजेसम्मको आकडा अनुसार बिहारमा ५०.२६ प्रतिशत, पश्चिम बंगालमा ८०, उत्तर प्रदेशमा ५९.७७, उत्तराखंडमा ४६.५९, ओडिशामा ६६, तेलंगाना में ६०.५७, जम्मू कश्मीरमा ४६, सिक्किममा ५५, मणिपुरमा ७८.२०, मिज़ोरममा ५५.२०, नागालैंडमा ७३, असममा ६८, मेघालयमा ६२ प्रतिशत मतदान भएकाे बीबीसीले जनाएकाे छ । –एजेन्सी