सबै परिवर्तन राष्ट्रिय सहमतिबाटै : दाहाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशमा भएका सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिकै कारण सफल भएको बताएका छन् ।
राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको भन्दै उनले अहिलेको राजनीतिक स्थायित्व पनि राष्ट्रिय सहमतिबाटै आएको बताए ।
“पञ्चायत विरोधी आन्दोलन भनाैं या २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ”, भरतपुर जेम्स वर्ल्ड फन पार्कको आज उद्घाटन गर्दै उनले भने, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।”
उत्पादन वृद्धि, रोजगारी र आर्थिक विकासले देशलाई नयाँ युगतिर लैजाने कुरा सबै नेपालीको चाहना भएकोकोले त्यसका लागि सहमति हुनुपर्ने बताए।