खेलकुदबिहिबार, २८ चैत्र , २०७५

१२ वैशाखदेखि कर्णाली प्रिमियर लिग

हिमालखबर

कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण १२ देखि २१ वैशाखसम्म सञ्चालन हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले सहभागिता जनाउने एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए ।

आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ । केपीएलको पहिलो संस्करण गत वर्ष सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस