भारतमा लोकसभा चुनाव: मतदान शुरु
भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुरु भएको छ ।
सात चरणमा हुने मतदान अन्तर्गत आज २० राज्यमा ९१ सिटका लागि मतदान शुरु भएको हो ।
पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार, उत्तरप्रदेश र सिक्किम सहित आसाम, छत्तीसगढ, अरुणाञ्चल लगायतमा मतदान हुँदै छ ।
आजदेखि शुरु चुनाव १९ मेसम्म चल्ने र २३ मेबाट मतगणना गरिने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तल्लो सदन लोकसभाका लागि पाँचसय ४५ सिटमध्ये पाँचसय ४३ सिटमा चुनाव हुँदैछ । २ जना भने राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ ।
लोकसभाका लागि ४३ जनालाई निर्वाचित गर्न १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन् ।
उनीहरुलाई निर्वाचित गर्न १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले १० लाख बढी मतदान केन्द्रमा मतदान गर्नेछन् ।