थप समाचारबिहिबार, २८ चैत्र , २०७५

दुर्घटनामा सङ्गीतकर्मी थुलुङको निधन

रासस

थुलुङकाे फेसबुकबाट

दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईकोस्कुटर दुर्घटनामा निधन भएको छ ।

गएराति ग१२प ६७९ नम्बरको स्कुटर पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा दुर्घटना हुँदा उनको निधन भएको हो।

राति साढे ९ बजे स्कूटर पर्खालमा ठाेकिएपछि थुलुङ  सेती नहरमा खसेका थिए ।

साढे १० बजे उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

स्कुटरमा सँगै रहेकी उनकी श्रीमती भने सकुशल छन् ।

यसैबीच मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा कारको ठक्करबाट इटहरी–८ का २२ वर्षीय हेम चौधरी मृत्यु भएको छ ।

गएरति पूर्वपश्चिम राजमार्गमा बा३च ७९६२ नम्बरको कारले चौधरी सवार को१५प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यू भएको हो।

ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरीको नोबेल अस्पताल उपचार भइरहेको छ ।

ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

 

प्रतिकृया दिनुहोस