उद्योगपति दिवाकर गोल्छाको निधन
उद्योगपति एवं पूर्व सांसद दिवाकर गोल्छाको निधन भएको छ ।
६७ वर्षिय गोल्छाको भारतको चेन्नईमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।
उनको दुई साता अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।
उनी पहिलो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् बनेका थिए ।
गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत थिए ।
पिता हंशराज गोल्छालाई औद्योगिकरणमा प्रेरित गरेका उनले गोल्छा अर्गनाइजेसनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना गरको छन् ।
गोल्छा अर्गनाइजेसनभित्र हुलास जस्तापाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिललगायतका उद्योग रहेका छन्।
विराटनगरमा जन्मिएका गोल्छा काठमाडौंको शंखमूलमा बसोबास गर्दै आएका थिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।