भारत : जम्मूमा आरएसएस नेताको हत्या
जम्मूको किस्तवाडमा मंगलबार राष्ट्रिय स्वयंसेवक संघका एक नेता तथा उनका अंगरक्षकलाई गोली हानी हत्या गरिएको छ ।
हतियारधारी समूहले जम्मूका एक अारएसएस नेता चन्द्रकान्त र उनका अगरक्षकलाई गाेली हानेका थिए । अारएसएस भारतीय जनता पार्टीकाे मातृ पार्टी हाे ।
हतियारधारी समूहले अस्पताल बाहिर उनीहरुको गोली हानी हत्या गरेका थिए ।
सुरक्षाकर्मीको घटनास्थलमा नै मृत्यु भएको थियो भने आरएसएस नेता चन्द्रकान्तको जम्मूको सरकारी मेडिकल कलेजमा निधन भएको थियो ।
घटनापछि उक्त इलाकामा कर्फ्यु आदेश दिएको बीबीसीले जनाएको छ । –एजेन्सी