माओवादी आक्रमणमा विधायक मंडावीसहित पाँचको हत्या
भारतको छत्तिसगढस्थित दन्तेवाडाजिल्लामा भएको माओवादी आक्रमणमा एक विधायकसहित पाँचजनाको मृत्यु भएको छ ।
समाचारस्रोतका अनुसार मारिने विधायक भारतीय जनता पार्टीका भीमा मंडावी हुन्।
एन्टि नक्सल अपरेशनका डीआईजी पी सुन्दर राजले घटनाको पुष्टि गरेका छन् । उनले विस्फोटमा विधायक, उनका ड्राइभर र तीन सुरक्षाकर्मी रहेको बताएका छन् ।
चुनावी प्रचारमा रहेका मंडावीको गाडी दन्तेवाडा–सुकमा रोडस्थित नकुलनार भन्ने स्थानमा विस्फोट भएको थियो ।
विस्फोटबाट बुलेटफ्रुफ गाडी क्षतिग्रस्त भएको छ ।
स्रोतका अनुसार बिधायक मंडावीलाई उक्त स्थानमा नजान स्थानीय सुरक्षाकर्मीले आग्रह गरेका थिए ।
दन्तेवाडामा अप्रिल ११, १८ र २३ तारिखमा विधानसभा चुनाव हुँदैछ । मंगलबार चुनाव प्रचारको अन्तिम दिन थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भत्र्सना गर्दै मंडावीको शहादत खेर नजाने बताएका छन् ।