थप समाचारमंगलबार, २६ चैत्र , २०७५

भाइचुङको ‘हाम्रो सिक्किम पार्टी’ चुनाव लड्दै

हिमालखबर

भारतीय फूटबल टोलीका पूर्व कप्तान भाइचुङ भुटिया नेतृत्वको ‘हाम्रो सिक्किम पार्टी’ सिक्किम लोकसभा चुनावमा होमिएको छ ।

सिक्किमका जनतालाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा नयाँ जीवन दिन चुनावमा होमिएको पार्टीले जनाएको छ ।

भाइचुङले गतवर्ष ‘हाम्रो सिक्किम पार्टी’ गठन गरेका थिए । दल गठनको घोषणा कार्यक्रममै उनले आफ्नो पार्टी सिक्किमेली नागरिककमा समर्पित हुने बताएका थिए ।

उनले सिक्किमका जनताले चाहेको जसरी वर्तमान सरकारले काम नगरेको भन्दै आफूहरुले त्यसलाई समेट्ने बताएका छन् ।

भाइचुङले सिक्किममा महत्वपूर्ण राजनीतिक भूमिका खेल्ने नसकेको भन्दै ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस छोडेका थिए ।

 

प्रतिकृया दिनुहोस