थप समाचारशुक्रबार, २२ चैत्र , २०७५

सानेपामा सडक दुर्घटना, दुईजनाको मृत्यु

हिमालखबर

आज दिउँसो ललितपुरको सानेपामा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यानमा सवार इन्द्रबहादुर सुनार र डोल्मा शेर्पाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका एकजनाको ललितपुरको भैंसेपाटीमा रहेको मेडसिटी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकले स्कूटरलाई बचाउन खोज्दा दुर्घटना भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस