थप समाचारशुक्रबार, २२ चैत्र , २०७५

तीन दिन मौसम बदलीसँगै वर्षा

रासस

तीनदिनसम्म देशभरको मौसममा बदली हुने भएको छ ।

मौसममा हुने बदलीसँगै अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ ।

त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

प्रतिकृया दिनुहोस