थप समाचारशुक्रबार, २२ चैत्र , २०७५

राहत वितरणमा एकद्वार प्रणाली लागू

शेखर खरेल

बारामा हावाहुरी प्रभावितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको छ । 

तस्वीर : सुरेश विडारी 

राहत दिनेहरुले नजिक र आफूलाई पायक पर्ने ठाउँमा मात्र राहत दिँदा एकै ठाउँमा धेरै राहत पुग्ने र टाढाका ठाउँमा पुग्दै नपुग्ने अवस्था आएपछि जिल्ला विपद व्यवस्थापन समितिले एकद्वार प्रणाली लागू गरेको हो ।

एकद्वार प्रणाली लागू गरेपछि राहत वितरण गर्न पुग्नेहरुलाई जिल्ला प्रशासन कार्यालयले स्थान तोकेर सोही ठाउँमा मात्र राहत वितरणका लागि पठाउन शुरु गरेको छ ।

दाताहरुलाई सहयोग सामग्रीहरुको बिवरण सहित आवस्यकता भएका स्थानहरुमा पठाइएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार जिल्लाका रामपुरवा, तेलगाई , हर्दिया लगायतका स्थानहरुमा राहत सामग्री नपुगेको गुनासो आएपछि व्यवस्थित ढङ्गबाट सबैलाई सामान किसिमले राहत वितरणका लागि एक द्वार प्रणाली लागू गरिएको हो ।

मानवीय क्षति नभए पनि जिल्लाको देवताल गाउँपालिकाको रामपुरवामा २ सय ५३ वटा घर, महागढीमाई नगरपालिकाको तेलगाईमा ८५ र सुवर्ण गाउँपालिकाको हर्दियामा ८५ घर पूर्ण रुपमा हावाहुरीले क्षति भएका छन् ।

- श्याम गुप्त, बारा 

प्रतिकृया दिनुहोस