कला/साहित्यबिहिबार, २१ चैत्र , २०७५

आजदेखि सातौं मानव अधिकार चलचित्र महोत्सव

हिमालखबर

बिहीबारदेखि राजधानीको रूसी सांस्कृतिक केन्द्रमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण सुरु भएको छ ।

महोत्सवको शुरुआत् ‘द मार्च अफ होप’ चलचित्रबाट गरिएको थियो ।

महोत्सव उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरेका थिए ।

महोत्सवका अध्यक्ष अरुणदेव जोशी, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको महोत्सवमा ३३ वटा देशका ८१ वटा चलचित्र समावेश छन् ।

महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिनेछ । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशन पछि चलचित्रका विभिन्न विषयक अन्र्तक्रिया गरिने छ, भने महोत्सवमा प्रर्दशन भएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत समेत गरिने छ ।

महोत्सवको निर्णायक मण्डलमा अनुप सुवेदी (नेपाल), चाङ सेवक योङ (दक्षिण कोरिया), आना हर मेइ योके (मलेसिया)र लिया गिल्मुट्डिनोभा (रसिया) रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस