खेलकुदबिहिबार, २१ चैत्र , २०७५

फिफा वरियतामा नेपाल १६१ औं स्थानमा यथावत

रासस

फुटबलको सर्वोच्च निकाय अन्तर्रा्ष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल १६१औँ स्थानमा यथावत् रहन सफल भएको छ ।

फिफाले बिहीबार यस्तो वरियता सार्वजनिक गरेको हो । अघिल्लो महीना पनि नेपाल १६१ औं स्थानमा थियो ।

वरियतामा दक्षिण एशियाली देशमध्ये नेपाल तेस्रो स्थानमा छ ।

नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् ।

नेपाल भन्दा तल भूटान १८६औँ, बाङ्लादेश १८८औँ, पाकिस्तान २००औं र श्रीलंका २०२ औं स्थानमा छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा छ्न ।

फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्रा्ष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्दछ ।

प्रतिकृया दिनुहोस