कला/साहित्यबिहिबार, २१ चैत्र , २०७५

ठमेलमा साल्सा डान्स

हिमालखबर

ठमेलकाे छाया सेन्टरमा आजदेखि दोस्रो साल्सा डान्स महाेत्सव “नेपाल ल्याटिन डान्स फियस्टा २०१९” शुरु भएको छ। फोर्ट साल्सा स्ट्युडियोले गरेकाे महाेत्सव आइतबारसम्म चल्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा साल्सा डान्सको प्रचार, प्रवर्द्धन र  प्रोत्साहन  गर्न, यसमार्फत नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउन र साँस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले महाेत्सवकाे अयाेजना हुन लागेको हो। 

आयोजक गत वर्ष ३ दिने इभेन्ट गरेको थियो। यो वर्षको इभेन्टमा साल्सा डान्समा विश्व बिख्यात प्रशिक्षकहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्प, लामो समयका वर्कसप र ४ दिन सम्म चल्ने पार्टी तथा साँस्कृतिक आदान–प्रदानका कार्यक्रमहरु इभेन्टको मुख्य आकर्षण हुन् ।

इभेन्टमा अमेरिका, फिलिपिनस, थाइल्याण्ड, चाइना, स्वीटजरल्याण्ड, भारत लगायत ३० देशका २०० जनाको सहभागी छ।

 साँझ ७ बजेदेखि राती १ बजेसम्म स्वदेशी तथा विदेशी कलाकारहरुको सहभागितामा फरेनहाइट क्लव ठमेलमा मुख्य पार्टी हुने अयोजकले जानकारी दिए।

प्रतिकृया दिनुहोस