कला/साहित्यबुधबार, २० चैत्र , २०७५

इरफानले भने–अब म फर्कदै छु ।

हिमालखबर

कलात्मक अभिनय र संवादको आफ्नै शैलीका कारण चर्चित बलिउड अभिनेता इरफान खानले आफू चाँडै भारत फर्कन लागेको बताएका छन् ।

तस्वीर स्रोतः इरफान खानको ट्विटर र हिन्दुस्तान टाइम्स

इरफान एक वर्षदेखि बेलायतमा दुर्लभ ‘न्यूरोइन्डोक्राइन ट्युमर’ क्यान्सरको उपचार गराइरहेका थिए ।

इरफानले बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत आफू भारत फर्कन लागेको जानकारी दिएका हुन् ।

ट्विटरमा उनले लेखेका छन्– ‘जीतको भागदौडमा सायद हामी यो बिर्सन्छौं कि हाम्रो लागि मानिसको मनमा जुन प्रेम छ, त्यसको महत्व कति छ। तर, आफ्नो खराब समयमा हामी ति सबै सम्झन्छौं । आफ्नो जीवनको यस्तै दिन बेहोरेपछि म एकछिन रोकिएर तपाईं सबैको प्रेमप्रति आभार प्रकट गर्न चाहान्छु किनकि उपचारका क्रममा तपाईंको त्यही प्रेमले भरिएका शुभकामनाले नै मलाई पीडाको सामना गर्ने हिम्मत दिलायो । त्यसैले अब म तपाईं सामु आइरहेको छु । तपाईँ सबैमा ह्रदयदेखि धन्यवाद ।’

मार्च ५ २०१८ मा इरफानले ट्विटरमार्फत नै आफ्नो रोग र उपचार बारे बताएका थिए ।

तीन दशकदेखि अभिनयमा सक्रिय ५२ वर्षीय इरफान ‘मकबुल’, ‘पानसिंह तोमर’, ‘द लञ्चबक्स’, ‘हिन्दी मिडियम’, पिकु, ‘स्लमडग मिलेनियर’, ‘लाइफ अफ पाई’, ‘करिब करिब सिंगल’ थुप्रै फिल्मबाट प्रसिद्ध छन् ।

 

प्रतिकृया दिनुहोस