थप समाचारमंगलबार, १९ चैत्र , २०७५

बिजुलीको पोलबाट लडेर मजदुरको मृत्यु

कमल रिमाल

भोजपुरमा बिजुलीको पोलबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।

ट्याम्के मयुम गाउँपालिका २ तविारीभञ्ज्याङका नबिन राई (२७) को पोलबाट लडेर मृत्यु भएको हो । 

ट्याम्के मयुम ५ को खाबा रेम्बोमा तारबाट बिद्युत प्रवाह नभएपछि जांच गर्न चढेका राईको लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक केशव थेबेले बताए । 

उनी बिद्युत प्राधिकरण भोजपुरमा ज्यालादारी प्राबिधिकका रुपमा थिए ।

प्रतिकृया दिनुहोस