अर्थ/बजारआइतबार, १७ चैत्र , २०७५

बागबजारमा राष्ट्रिय पोशाकको शोरुम

हिमालखबर

काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ । २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सटिङ/सुटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शोरुम शुरु गरेको हो ।

शोरुममा नेपाली पोशाकको सम्पूर्ण आइटमा पाइनुका साथै अर्डर अनुसार तयारी गरिने सञ्चालक संगीता प्रधानले जानकारी गराइन् । शोरुममा दुलाहाका लागि आवश्यक नेपाली पोशाकको सम्पूर्ण सेट समेत उपलब्ध रहेको जनाइएको छ ।

शोरुममा एक हजार ७०० देखि सात हजार रुपैयाँ सम्मका नेपाली पोशाक पाइने प्रधानको भनाइ छ । प्रधान भन्छिन्– “शोरुममा ढाका टोपी, कालो टोपी, राष्ट्रिय झण्डा विवाहको दौरा सुरुवाल, वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्ता पाइन्छ ।”

राष्ट्रिय पोशाकप्रति ग्राहकको रुची र बढ्दो मागका कारण सम्पूर्ण राष्ट्रिय पोशाक पाइने शोरुम सञ्चालन गरिएको प्रधान बताउँछिन् ।

बागबजार पिके क्याम्पसको ठिक अगाडि रहेको स्ट्यान्डर्ड राष्ट्रिय पोशाकमा बच्चाहरुको लागि पनि सम्पूर्ण सेट पाइने जनाइएको छ । नयाँ वर्ष २०७६ को अवसरमा शोरुमले १५ चैतदेखि बैशाख महीनाभर १५ प्रतिशत छूट समेत दिएको छ ।

 

प्रतिकृया दिनुहोस