ओखलढुंगाको मानेभञ्ज्याङमा जीप दुर्घटना, ६ जनाको मृत्यु
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका – ६ स्थित भँडारेखोलामा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा१६च २२०७ नम्वरको स्कारपियो दुर्घटना हुँदा अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
मृतकमध्ये काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नोर्बु शेर्पा, ४५ वर्षका साङ्गेल शेर्पा, ५५ वर्षका मिङ्मा शेर्मा, गोमा शेर्पा र नुमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । एकजनाको सनाखत हुन सकेको छैन ।
घाइते तीनजनाको अवस्था गम्भीर रहेकाले घुर्मीको आस्था मेडिकलमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।