पाँच नम्बर प्रदेश टुक्राउन लागेको विरोधमा बुटवलमा प्रदर्शन
विवादरहित पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ ।
लुम्बिनी अञ्चल अन्तर्गत (५ न. प्रदेश अन्तर्गत)का पहाडी जिल्ला टुक्र्याएर अन्यत्र गाभ्ने प्रयास भईरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन बढ्दै गएको हो ।
जिल्लाहरुमा सर्बदलीय प्रतिरोध समितिहरु बनेकाछन् ।
गुल्मीमा सर्वदलीय बैठकले प्रतिकार गर्ने सर्बसम्मत निर्णय गरेको छ ।
आईतबार ५ नम्बर प्रदेशका १२ जिल्लाकै सम्पर्क समाजलाई समेटेर बुटवलमा विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनमा उत्रिएका नागरिकले संशोधन प्रस्ताव चाहिँदैन, ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोही छैन पराई, सिमांकन प्रस्तावको विरोधमा जुटौं, पहाड र तराईलाई नछोडौं लगायतका नारा लगाउदै बुटवल बजार परिक्रमा गरेका थिए ।
विरोध र्यालीपछि आयोजित सभामा बोल्दै सहभागीले ५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर बनेको र प्राकृतिक स्रोत साधन, सस्कृति र सापिप्यतासमेत समेटिएकाले यसलाई अलग गर्नुको कुनै अर्थ नरहेको बताए ।
नागरिकको राय र मत विपरित सिमांकन हेरफेर गरिए जस्तोसुकै आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिए ।
यस्तै ५ नम्बर प्रदेश टुक्राउन लागेको विरोधमा युवा संघले पनि बुटवलमा राँके तथा सिठ्ठी जुलुस प्रद्धर्शन गरेको छ ।
प्रदर्शनमा प्रदेश विभाजन गर्न पाइँदैन संविधान संशोधन प्रस्ताव चाहिदैन लगायतका नारा लगाएका थिए ।
राजमार्ग चौराहबाट निस्केको राके जुलुस बजार परिक्रमा गरी ट्राफिकचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले प्रदेशका नागरिकको चाहना विपरित ५ नम्बर प्रदेशलाई विभाजन गर्न नदिने बताए ।